२०८३ जेष्ठ २३ गते , शनिबार

विमानस्थलबाटै पक्राउ परे सन्दीप लामिछाने 

sajilo news
झापा
२०७९ आश्विन २० गते , विहीबार
विमानस्थलबाटै पक्राउ परे सन्दीप लामिछाने 

बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्।  दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो।

कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वदेश फर्किएका हुन्। खराब मौसमका कारण उक्त विमान निर्धारित समयभन्दा केही बेर ढिलो अवतरण भएको थियो।
सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ। काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ।

होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ। बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ।

उनी भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए। त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न जमैका गएका थिए। उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। 

सम्बन्धित समाचार