२०८३ जेष्ठ २३ गते , शनिबार
सुन सफा गरिदिन्छु भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ
सुन सफा गरिदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई इलाम प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने भारत बिहार बोरबोई कतिहार सुलतानपुर बजार बस्ने ४९ वर्षीय केशव साह रहेका छन् ।
उनले इलाम सूर्योदय नगरपालिका- २ बौद्धधाम बस्ने कल्पना तामाङको सुनको सिक्री,चाँदीको चम्चा, कासको थाल सफा गरिदिन्छु भन्दै झुक्यानमा पारी ठगी गरेका थिए ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहमाथि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प