२०८३ जेष्ठ १२ गते , मंगलबार

कांग्रेस महामन्त्री शर्माले झापा- १ बाट गराए उम्मेदवारी दर्ता

sajilo news
झापा
२०७९ आश्विन २३ गते , आईतबार
कांग्रेस महामन्त्री शर्माले झापा- १ बाट गराए उम्मेदवारी दर्ता

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। गृहजिल्ला झापा पुगेर उनले निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराएका हुन्।

यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट अग्नि खरेल प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन्। २०७४ को निर्वाचनमा झापा(१ बाट नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की विजयी भएका थिए। कार्की ३६ हजार १७३ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा महामन्त्री शर्माले ३३ हजार ३१० मत प्राप्त गरेका थिए। 

सम्बन्धित समाचार