२०८३ जेष्ठ १२ गते , मंगलबार

झापा- १ बाट दिए अग्निप्रसाद खरेलले उम्मेदवारी

sajilo news
झापा
२०७९ आश्विन २३ गते , आईतबार
झापा- १ बाट दिए अग्निप्रसाद खरेलले उम्मेदवारी

झापा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । 
पूर्व कानुनमन्त्री तथा पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले झापा २ मा टिकट नपाएपछि झापा १ बाट उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावक विष्णुप्रसाद प्रसाईँ र समर्थक श्रीप्रसाद मैनाली रहेका छन् । 
खरेलले मेचीनगर नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार दिउँसो पुगेर उम्मेदवारी दर्ता गराएका थिए । झापा १ बाट एमाले नेता रविन कोइराला एकल सिफारिस भएको थियो । कोइरालालाई प्रदेश सभा सदस्य पदको उम्मेदवार बनाएर पार्टीले खरेललाई टिकट दिएका हुन् । गठबन्धनको तर्फबाट झापा १ बाट नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा उठदैछन् । यसअघिको निर्वाचनमा शर्मा एमालेका रविन कोइराला र माओवादी केन्द्रका सुरेन्द्रकुमार ९राम० कार्कीसँग पराजित भएका थिए ।   

सम्बन्धित समाचार