२०८३ जेष्ठ २३ गते , शनिबार
भद्रपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ
भद्रपुर । झापाको भद्रपुरबाट लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर- ४ का २० वर्षीय अनिल तामाङ र भद्रपुर- ३ का २० वर्षीय होमन लिम्बु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो १ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित भद्रपुर- ४ डाँगीवारिबाट पक्राउ गरेको हो ।लागु औषध सहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालय झापामा राखिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प