२०८३ जेष्ठ १२ गते , मंगलबार

गठबन्धन सरकार अबको निर्वाचनमा पछारिन्छ : केपी शर्मा ओली

sajilo news
पार्थ मण्डल
२०७९ आश्विन २३ गते , आईतबार
गठबन्धन सरकार अबको निर्वाचनमा पछारिन्छ : केपी शर्मा ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्तरिक र बाह्य स्वार्थहरूबाट गठित गठबन्धन सरकार यस निर्वाचनमा पछारिने बताएका छन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएपश्चात् दमकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्। 

२०७४ सालको निर्वाचनपछि एमालेको नेतृत्वमा एउटा देशभक्त सरकार बनेको थियो। एमाले सरकारमा हुँदा राष्ट्रियताको निम्ति धेरै काम गरेको बताउँदै एमाले अध्यक्ष ओलीले भने, ‘उत्तरतिरबाट बाटो खोल्दा, देशको नयाँ नक्सा प्रकाशित गर्दा आत्तिएर केही तत्त्वहरूले कन्फर्टेबल ९आरामदायी र सजिलो० सरकार भइदिन्छौँ भनेर कबोल गरेर गठबन्धन सरकार बनायो।’

गठित गठबन्धन सरकारले बितेको १५ महिनामा देशको राजनीति, अर्थतन्त्र, समाज सबै क्षेत्रमा विकृति विसङ्गति ल्याएको उनको भनाई छ। ‘विकासको गति अवरोध भयो। शान्ति, सुव्यवस्था खल्ल बलियो। राष्ट्रिय स्वाभिमानयताको शिर झुक्कियो। अब मंसिर ४ गते फेरि निर्वाचन हुँदैछ।’ उनले भने, ‘अबको निर्वाचनले परमादेश, जनताको आदेश नभएको जनविरोधी, देश घाती गठबन्धन सरकारलाई पछारेर फेरि हामीले देशभक्त, लोकतान्त्रिक, शान्तिको पक्षधर, विकासको अभियन्ता भएको सरकार गठन गर्नुपर्ने छ, त्यो पनि एमालेको नेतृत्वमा।’

मंसिर ४ गते हुने निर्वाचनले ठूलो फैसला लिनुपर्ने उनको भनाई छ। फैसलाका लागि हामी सबै तयार हुन उनको आह्वान गरे।‘विभिन्न प्रकारका भ्रमपूर्ण कुराहरू, साम्प्रदायिक कुराहरू, क्षेत्रीयतावादी कुराहरू, अराजनीतिक कुराहरू लिएर तपाईंहरूको बीचमा आउन सक्छन्,’उनले भने, ‘ती कुराहरूको पछि नअलमल्लिएर सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले, अत्यधिक सिटमा विजयी गराउन सबैमा आग्रह गर्न चाहन्छु।’

सम्बन्धित समाचार