प्रदेश १ मा माओवादी केन्द्रका २६ उम्मेदवार
सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ का विभिन्न निर्वाचन क्षेत्रमा २६ जनालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ। माओवादीबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभामा १९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
आगामी मंसिर ४ गतेलाई तोकिएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन्। १४ जिल्ला रहेको प्रदेशमा २८ प्रतिनिधि र ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन्।
प्रतिनिधिसभातर्फ माओवादीका उम्मेदवारले ताप्लेजुङ, भोजपुर र खोटाङ तथा झापा क्षेत्र नम्बर २, मोरङ ४ र ५ एवं सुनसरी १ मा मनोनयन दर्ता गराएका छन्। ताप्लेजुङमा पार्टीका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। संसदीय निर्वाचनमा नयाँ अनुहार उनको प्रतिस्पर्धा नेकपा ९एमाले०का सचिव एवं प्रभावशाली नेता योगेश भट्टराईसँग हुनेछ।
भोजपुरमा निवर्तमान संघीय सांसद सुदन किराती उम्मेदवार बनेका छन्। एमालेको तर्फबाट लोकप्रिय नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईसँग किरातीले प्रतिस्पर्धा गर्नुपर्नेछ। यद्यपि किराती पनि स्थानीयस्तरमा चिरपरिचित छन्।
भोजपुरमा एमालेको संगठन निक्कै मजबुत छ। जसका कारण सालिन र भद्र नेताको छवि बनाएका राईसँगको प्रतिस्पर्धा किरातीका लागि सहज छैन। २०७४ सालमा एमाले–माओवादी बामगठबन्धनबाट उम्मेदवार बनेर किराती प्रतिनिधिसभा र राई प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
प्रदेशका बहालवाला मन्त्री एवं माओवादी नेता रामकुमार राईले खोटाङमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका छन्। एमालेका विशाल भट्टराईसँग उनको प्रतिस्पर्धा हुने छ। भट्टराई स्थानीयस्तरमा चर्चित र लोकप्रिय नेता हुन्। त्यहाँमाथि राईविरुद्ध गठबन्धनको नेतृत्व गरिरहेको दल कांग्रेसबाटै बागी उम्मेदवारी परेको छ। कांग्रेसले उम्मेदवारी फिर्ता नलिएमा तथा भट्टराईको व्यक्तिगत छविका कारण राईलाई चुनाव जित्न सहज नभएको विश्लेषण गरिएको छ।
माओवादीले झापा क्षेत्र नम्बर २ मा हरिकुमार रानालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। एमाले छाडेर माओवादीमा प्रवेश गरेकै कारण उनले टिकट पाएका हुन्। एमालेका प्रदेश इन्चार्ज देवराज घिमिरेसँग रानाको प्रतिस्पर्धा हुने छ। संसदीय निर्वाचनमा पहिलोपटक भाग लिन लागेका राना अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हुन्। सत्तारुढ गठबन्धनको बलमा उम्मेदवार भएपनि एमालेका प्रदेश इन्चार्ज घिमिरेसँगको प्रतिस्पर्धा रानाका लागि सहज नभएको अनुमान गरिएको छ।
मोरङको क्षेत्र नम्बर ४ र ५ मा माओवादीबाट क्रमस अमनलाल मोदी र शिवकुमार मण्डलको उम्मेदवारी परेको छ। २०७४ सालको निर्वाचनमा दुवै जना यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यद्यपि दुवै जनाले अनअपेक्षा अनुरूप काम गर्न नसकेको गुनासो छ। मोदीको प्रतिस्पर्धा क्षेत्र नम्बर ४ मा एमाले–जसपा गठबन्धनका उम्मेदवार एवं एमाले केन्द्रीय सदस्य विनोद ढकालसँग हुने छ।
क्षेत्र नम्बर ५ मा मण्डलसँग एमाले–जसपा गठबन्धनका उम्मेदवार जसपा नेता राजकुमार यादव प्रतिस्पर्धामा छन्। मोदी र मण्डलका लागि संसदीय निर्वाचन पुरानै खेल हो। यादव भने पहिलोपटक संसदीय निर्वाचनमा भाग लिँदै छन्। एमालेका ढकाल यसअघि पनि विभिन्न निर्वाचनमा उम्मेदवार बनेका थिए। तर जित निकाल्न सकेनन्।
मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी नेता शिवकुमार मण्डल।
सुनसरीको क्षेत्र नम्बर १ मा माओवादीले मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाएको छ। सो क्षेत्रमा एमाले–जसपा गठबन्धनका उम्मेदवार अशोक राईको उम्मेदवारी परेको छ। जसपा सत्ता गठबन्धनमै हुँदा मेन्याङ्बोले प्रदेशसभा सदस्यका लागि तयारी गरेका थिए। पार्टीले टिकट दिएपछि अहिले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेशका ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये माओवादीको भागमा १९ वटा परेको छ। सोलुखुम्बुमा माओवादीले प्रदेशका दुवै क्षेत्र पाएको छ। गठबन्धनको सहमति अनुसार प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा प्रतिनिधिसभाका लागि माओवादीले उम्मेदवार उठाउने तयारी गरेको थियो। तर प्रदेशका दुवै क्षेत्र आफूले लिएर माओवादीले प्रतिनिधिसभा कांग्रेसलाई दिएको छ।
कांग्रेस नेता बलबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। माओवादीबाट सोलुखुम्बुको ‘क’मा कज्र्याङ शेर्पा, सोलुखुम्बुको ‘ख’ मा ठमनाथ पराजुली ९ध्रुव०ले उम्मेदवारी दिएका छन्। पाँचथरको ‘ख’ बाट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उम्मेदवारी दिएका छन्। इलाम क्षेत्र नम्बर २ को ‘ख’बाट हर्क लावती उम्मेदवार बनेका छन्। लावती नयाँ अनुहार हुन्।
झापा ३ ‘क’ बाट श्यामबीर लिम्बू, ३ ‘ख’बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशी, झापा ४ ‘क’बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ ‘ख’बाट पार्टीका प्रदेश कोषाध्यक्ष गगन पुरी उम्मेदवार बनेका छन्। मोरङको १ ‘क’बाट निवर्तमान प्रदेश सांसद कूलप्रसाद साम्बा लिम्बू, मोरङको २ ‘क’बाट पार्टीका प्रदेश सचिव गणेश उप्रेती र मोरङ ६ ‘क’बाट माओवादीका केन्द्रीय सदस्य जीवन आचार्यले उम्मेदवारी दिएका छन्।
आचार्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी–ज्वाईं हुन्। २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट उनले उम्मेदवारी दिएका थिए। तर कांग्रेसका चुमनारायण तब्दारसँग पराजित भए। अहिले कांग्रेससहितको सत्तारुढ गठबन्धनबाट पनि आचार्यले नै अवसर पाएका छन्।
सुनसरी २ ‘क’ बाट इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन्। एमाले छाडेर माओवादीमा प्रवेश गरेलगत्तै उनले प्रदेशसभा सदस्यको टिकट पाएका हुन्। प्रदेशकी उपसभामुख सरस्वती पोखरेललाई माओवादीले सुनसरी ३ ‘क’ बाट उम्मेदवार बनाएको छ। धनकुटाको ‘ख’बाट निवर्तमान प्रदेश सांसद कुशुमकुमारी श्रेष्ठ र तेह्रथुमको ‘ख’ बाट केन्द्रीय सदस्य दुर्गा चापागाईं माओवादीका उम्मेदवार हुन्।
संखुवासभा ‘क’बाट राजेन्द्र कार्की, उदपयुरको क्षेत्र नम्बर १ ‘क’बाट नारायण बुर्जा मगर र २ ‘क’बाट राजन किराती उम्मेदवार बनेका छन्। ओखलढुंगाको ‘ख’बाट बाबुराम गौतमलाई माओवादीले उम्मेदवार बनाएको छ। अन्नपूर्णबाट