२०८३ बैशाख १० गते , विहीबार

आजदेखि टी-ट्वन्टी विश्वकप क्रिकेट 

sajilo news
झापा
२०७९ आश्विन ३० गते , आईतबार
आजदेखि टी-ट्वन्टी विश्वकप क्रिकेट 

आईसीसी ट्वन्टी–ट्वन्टी विश्व कप क्रिकेट आजदेखि सुरु हुँदैछ।  अस्ट्रेलियाको भिक्टोरियामा हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन्। खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ। नामिबिया दोस्रो पटक विश्व कप खेल्दैछ। श्रीलङ्का पूर्व च्याम्पियन हो। आज हुने दोस्रो खेलमा दिउँसो पौने २ बजे यूएई र नेदरल्यान्ड आमने सामने हुन लागेका छन्।  यूएई दोस्रो पटक र नेदरल्यान्ड पाँचौँ पटक विश्व कप खेल्न लागेको हो।

विश्व कपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश गरी १६ टोली सहभागी छन्।

सम्बन्धित समाचार