भद्रपुर नाकाबाट लागुऔषध भित्राउने कारोबारी सक्रिय, समातिए नेपाली नागरिकसहित दुई जना भारतमा
भद्रपुर–गलगलिया सीमा नाकाबाट लागु औषध नेपाल भित्राउने कारोबारी सक्रिय रहेको पाइएको छ । सीमा नाकाबाट नेपालतर्फ आउने सवारीसाधन चेकजाँच कडाइ फितलो भएसँगै लागु औषध भित्राउने कारोबारी सक्रिय बनेको हो ।
यसैक्रममा भारतबाट नेपालतर्फ आइरहेको डब्लुबी ७४ एवाई ३७७७ नम्बरको कारबाट भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले लागु औषध बरामद गर्दै एक नेपाली नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका( ३ निवासी ३४ वर्षीय मिराज खान र भारत किशनगञ्ज जिल्ला जोहरीगञ्ज( ८ निवासी ३० वर्षीय मोहम्मद कासीद रहेको भारतीय प्रहरीले जनाएको छ ।
एसएसबीले उनीहरूको साथबाट कोडिन फस्फेट क्लोरफेनिरामाइन १०० एमएलको २१ बोतल सिरप र ९० पिस नाइट्रोजन ट्याब्लेट बरामद गरेको हो ।
कालो रङ्गको कारमा सवार उनीहरू सीमा नाकामा तैनाथ एसएसबीको भातगाँउ चेकपोस्टसम्म आइपुगेका थिए । एसएसबीले कारको चेकजाँच गर्दा कारभित्र कालो रङ्गको ब्यागबाट लागु औषध बरामद गरेको बताइएको छ । एसएसबीको चेकपोस्टदेखि नेपाल बोर्डर करिब २०० मिटर टाढा छ । सो कारमा ब्राउन सुगर आइरहेको सूचना एसएसबीले पाएका थिए ।
तर, कारबाट अन्य प्रकारका लागु औषध बरामद भयो । कारमा तीन जना सवार थिए । अर्को व्यक्ति पनि बिर्तामोडकै थिए । उनलाई एसएसबीले छाडिदिएको बताइएको छ । लागु औषधसहित पक्राउ परेका दुवै जनालाई भारतीय प्रहरीले किशनगञ्ज कारागार पठाइसकेको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प