झापाका दियुस श्रेष्ठ हत्या प्रकरण : हत्यामा संलग्न आठैजना पक्राउ
मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक किशोरको हत्यामा संलग्न आठ अभियुक्त पक्राउ परेका छन् । । पुरानो रिसइबीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठलाई छुरा प्रहार गरेर हत्या गर्ने आठै जनालाई उर्लाबारी इलाका प्रहरी कार्यालय र मोरङ जिल्ला प्रहरी कार्यायलको पक्राउ टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका–६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, सोही वडाको वानडाँडा सन्देश खवास, विकास तामाङ, पानी ट्याङकी बस्ने मन्जिल माझी, तरुण चौकका सपन खत्री, प्रतीक बराइली, सरोज परियार र सनिस याक्खा रहेकोे उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलनजङ्ग थापाले बताए ।
उनकाअनुसार हात्यामा सम्लग्न सनिस भागेर धनकुटा पुगेको अवस्थामा उनलाई धनकुटा प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो । आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा छठ पर्वको रात्रिकालीन रमझम हेर्न गएका श्रेष्ठ र हत्यामा संलग्न किशोरहरुको समूहबीच जम्काभेट हुँदा उनीमाथि पुरानो रिसइबी साँध्न उनीहरुले छुरा प्रहार गरी सख्त घाइते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प