२०८३ जेष्ठ १२ गते , मंगलबार

भद्रपुर-६ मा काँग्रेसका दर्जनौं कार्यकर्ता राप्रपामा प्रवेश

sajilo news
झापा
२०७९ कार्तिक १७ गते , विहीबार
भद्रपुर-६ मा काँग्रेसका दर्जनौं कार्यकर्ता राप्रपामा प्रवेश

भद्रपुर । नेपाली काँग्रेस परित्याग गरी भद्रपुर वडा नम्बर ६ स्थित बहलमानपट्टीका दर्जनौं कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् । बहलमानपट्टीका एउटा गाउँ नै राप्रपामा प्रवेश गरेसँगै काँग्रेसमा भुईँचालो नै गएको छ ।  चुनावको मुखैमा नेपाली काँग्रेसका नेता भारतेन्दु कुमार मल्लिक राप्रपामा प्रवेश गरेसँगै उनकै पहलमा काँग्रेसी कार्यकर्ताहरू राप्रपामा प्रवेश गरेका हुन् ।

राप्रपामा प्रवेश गर्नेहरूलाई पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रमलाई भर्खरै राप्रपामा प्रवेश गरेका मल्लिकले सहजीकरण गरेको बताइएको छ । कार्तिक २ गते काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् महासमिति सदस्य मल्लिक पार्टीप्रति असन्तुष्ट जनाउँदै राप्रपा प्रवेश गरेका छन् । उनी भद्रपुरको पूर्व मेयरमा समेत हुन । 

सम्बन्धित समाचार