२०८३ जेष्ठ १२ गते , मंगलबार

धुलाबारी माविमा भिडियो बनाएर मत प्रभावित गरिएकोमा एमालेको आपत्ति

sajilo news
झापा
२०७९ कार्तिक २० गते , आईतबार
धुलाबारी माविमा भिडियो बनाएर मत प्रभावित गरिएकोमा एमालेको आपत्ति

मेचीनगर । धुलाबारी माध्यमिक विद्यालय र त्यहाँका शिक्षकहरूको प्रयोग गरी चुनावी मत प्रभावित गर्ने उद्देश्यले भिडियो सामग्री फेसबुकमा प्रकाशित गरिएकोमा नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेको झापा क्षेत्र नं. १ कमिटीले सो विषयमा आपत्ति जनाउँदै नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार विश्वप्रकाश शर्माको पक्षमा मत प्रभावित गर्ने उद्देश्य राखेर स्वीकृति शर्माको अभिनयसहित भिडियो बनाएर सामाजिक सञ्जालमार्फत चुनावी सामग्री जस्तै गरी प्रचार प्रसार भइरहेको दाबी गरेको छ ।

स्वीकृति शर्मा काँग्रेस उम्मेदवार शर्माकी छोरी हुन् । कार्तिक १८ गते प्रसारण गरिएको उक्त भिडियोमा उनले उम्मेदवार शर्माको पक्षमा मत प्रभावित गर्ने प्रयास गरेकी हुँदा सो विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराइने निर्णय भएको एमालेले जनाएको छ ।

उक्त भिडियोको सुटिङ विद्यालयमै गरिएको र शिक्षकहरूले आफ्नो फेसबुकबाट शेयर, लाइक र कमेन्ट गरिरहेको एमालेले जनाएको छ । एमालेले आफ्ना उम्मेद्वारहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरिरहेको समेत जनाएको छ ।

 

सम्बन्धित समाचार