२०८३ जेष्ठ १२ गते , मंगलबार

डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुग्यो

sajilo news
झापा
२०७९ कार्तिक २१ गते , सोमबार
डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुग्यो

डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ । योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । यस्तै, डेंगु संक्रमितको संख्या ५० हजार २५३ पुगेको छ । डेंगु ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको  छ।

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो। सन् २००५ मा भने डेंगुका बिरामी देखिएका थिएनन् । सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेंगुका बिरामी देखिएका थिए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ र त्यहीं लार्भा वयस्क भएपछि टोकेर डेंगुको रोग लाग्ने गरेको विज्ञहरु बताउँछन्।

पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरकाले ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरेको थियो ।  डेंगुबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित समाचार