विश्वकपका लागि ब्राजिलको २६ सदस्यीय टिम घोषणा
सुरुवातबाट अहिलेसम्म लगातार विश्वकपमा सहभागी तथा पाँच पटक विश्व च्याम्पियन ब्राजिलले कतार विश्वकपका लागि २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।
प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडीलाई मिलाएर कतार विश्वकप टोलीको घोषणा गरेका हुन्। पछिल्लो पटक सन् २००२ मा विश्वकप विजेता बनेको ब्राजिल त्यसयता च्याम्पियन बन्न सकेको छैन्।
फिफा विश्वकप २०२२ मा ब्राजिल समूह जी मा रहेको छ। ब्राजिलको समूहमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन्। ब्राजिलले पहिलो खेल ८ मङ्सिरमा सर्बियाविरुद्ध खेल्ने छ।
ब्राजिलले आर्सनलका फर्वाड गाब्रियल मार्टिनेलीलाई टिममा बोलाउँदा लिभरपुल स्टार रोवर्टो फिरमिनोलाई भने टिममा बोलाएन्। त्यस्तै गत सेप्टेम्बरमा फ्रेन्डली खेलका दौरान टिममा नपरेका स्ट्राइकर गाब्रियल जेससलाई भने ब्राजिले पुन टिममा समेटेको छ। त्यस्तै घाइते भएका चेल्सी फर्वाड रिचारलिसनलाई पनि टिममा समेटेको छ।