२०८३ जेष्ठ २३ गते , शनिबार
अवैध गाँजासहित दुई जना पक्राउ
सुनसरीको वराहक्षेत्र नगरपालिका ११ स्थितबाट अवैध लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ती टोलीले शङ्कास्पद अवस्थामा रहेको बा ११ च ३०४२ नम्बरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैयाँ बरामद गरेको हो ।
अवैध गाँजा बरामद भएसँगै सवारी साधन र चालक इटहरी उपमहानगरपालिका ४ सुनसरीका ३१ वर्षीय मनिस दर्नाल र सहचालक ३१ वर्षीय योगेन्द्र बजगाईँलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प