२०८३ जेष्ठ २३ गते , शनिबार
झापाको टिमाइ पुलमुनि १३ वर्षीया किशोरी मृत फेला
झापाको मेचीनगर–१५ कैयाटोलीस्थित टिमाइको सानो पुलमुनि १३ वर्षीया किशोरीको मृत अवस्था फेला परेको छ । मेचीनगर-१५ मा डेरा गरी बस्दै आएका पुण्यप्रसाद चौधरीकी छोरी युना चौधरी बुधवार बिहान मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरबाट आधा किलोमिटर दक्षिण टिमाइको सानो पुलमुनि खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको छ ।
मृतकका बाबु पुण्यप्रसादका अनुसार मङ्गलवार अपराह्न ३ बजेदेखि छोरी युना हराइरहेकी थिइन् । ज्यामिरगढी माविमा कक्षा ६ मा अध्ययनरत उनी मङ्गलवार दिउँसो घर नजिकैको टिमाइ खोलाको नहरतिर गएकी बताइएको छ । मृतक मृगी रोगी भएको उनका बाबु पुण्यप्रसादले बताए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प