२०८३ जेष्ठ २३ गते , शनिबार
झापामा श्रीमानको करुवा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु
श्रीमानको करुवा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका- १ स्थित बुधबारे बजारमा डेरा गरी बस्ने भारत महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएका ३२ वर्षीय रघुनाथ गोरडले उनकी श्रीमती २६ वर्षीया सपना गोरडलाई बिहीबार विहान ३ बजे करुवाले हानेर हत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार सामान्य घरायसी वादविवादको क्रममा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । श्रीमतीको हत्या गर्ने रघुनाथलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प