२०८३ जेष्ठ १२ गते , मंगलबार

विदेशीलाई सजिलो हुने गठबन्धनलाई रोक्नुपर्छ : लिङ्देन

sajilo news
झापा
२०७९ कार्तिक २४ गते , विहीबार
विदेशीलाई सजिलो हुने गठबन्धनलाई रोक्नुपर्छ : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्ने बताएका छन्। 
बिहीबार उदयपुरको बेल्टारमा आयोजित राप्रपाको चूनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले मुलुकमा बैदेशिक हस्तक्षेप बढ्दै गएको र सत्ता गठबन्धनले विदेशीलाई सजिलो हुने सरकार बनाउँछु भन्दै हिँडेको बताएका हुन्।

अहिले नेपालमा प्रधानमन्त्री वा मन्त्रीहरू को हुने भन्ने पनि विदेशीले तय गर्न थालेको उनको भनाइ छ। उनले मुलुकमा देखिएको बेथिति, विकृति र विसंगतिको विकल्प बनेर राप्रपा आएको बताए। लिङ्देनले अहिलेको व्यवस्था नै असफल भएकाले राप्रपाले व्यवस्था परिवर्तनको एजेण्डालाई प्राथमिकतामा रहेको बताए। उनले सुकुम्वासी समस्या समाधानका मुद्दालाई चुनावमा भोट बटुल्ने औजार बनाउन नहुने जिकिर गरे। 

सम्बन्धित समाचार