२०८३ जेष्ठ २३ गते , शनिबार
मेची पुलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
भद्रपुर । भद्रपुरको मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मेचीनगर- १३ का २३ वर्षीय सन्दीप गौतम र सोही ठाउँका ईशान श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर- ५ स्थित अस्थायी प्रहरी पोस्टमा खटिएका प्रहरी टोलीले बुधबार राती ८ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई मेची पुलबाट ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कार बाईँका लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प