२०८३ जेष्ठ २३ गते , शनिबार

१२७ ग्राम ब्राउन सुगरसहित कचनकवलका हुसेन पक्राउ

sajilo news
झापा
२०७९ कार्तिक २७ गते , आईतबार
१२७ ग्राम ब्राउन सुगरसहित कचनकवलका हुसेन पक्राउ

झापामा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका- १ घर भई हाल बुद्धशान्ति गाउँपालिका- ३ बस्ने ३१ वर्षीय मोहम्मद हुसेन रहेका छन् ।
गए राति ९ बजे बुद्धशान्ति- ३ बुद्ध टोलमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले हुसेनलाई चेकजाँच गर्दा उनको साथबाट १०२ ग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ गरी सोधपुछ गर्दा मेचीनगर नगरपालिका- ८ बस्ने विकास राजवंशीसहित भारतमा गई खरिद गरी ल्याएको भनी बताएपछि राजवंशीको घर कोठामा गई चेकजाँच गर्दा उनले कोठामा लुकाई छिपाइ राखेको थप २५ ग्राम २५० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु फेला परेको थियो ।

जम्मा १२७ ग्राम २५० मिलिग्राम ब्राउन सुगरसहित हुसेनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको र राजवंशी फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार