२०८३ जेष्ठ २३ गते , शनिबार

उर्लाबारीमा दाउ प्रहार गरी मामाको हत्या गर्ने भान्जा पक्राउ

sajilo news
मोरङ
२०७९ कार्तिक २८ गते , सोमबार
उर्लाबारीमा दाउ प्रहार गरी मामाको हत्या गर्ने भान्जा पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–८ का एक जना युवकले धारिलो हतियार बाम्फोक (दाउ) प्रहार गरेर आफ्नै मामाको हत्या गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले बाम्फोकले हानेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेका हुन् । महराको घर मोरङको पथरीशनिश्चरे नगरपालिका–१ हो । 

प्रहरीका अनुसार महरा ५ दिनदेखि उर्लाबारीस्थित बहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए । खाना खाएर सुतेका उनीमाथि भान्जा (बहिनीका छोरा) सुजनले आइतबार राति ११स्४० बजेतिर बाम्फोकले टाउकोमा प्रहार गरेको डीएसपी श्रेष्ठले जानकारी दिए । 

निद्रामा बाम्फोक प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहानका राति १ बजेतिर उनको मृत्यु भएको र शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार