टिकटक लाइभमा ‘जुवा’ खेल, प्रहरी बेखबर
सामाजिक संजाल टिकटक लाइभमा खुलेआम जुवा खेल हुन थालेको पाइएको छ । पछिल्लो समय टिकटक युजरहरुले ‘लाइभ’मा बसेर जुवा खेल्न थालेका हुन् ।
पैसा हारजित हुनेगरी जुवा खेल्नु अवैध मानिएपनि प्रविधिलाई दुरुपयोग गर्दै टिकटकमा हुने जुवा नियन्त्रणमा प्रहरीले चासो देखाएको छैन । टिकटक युजरमध्ये एकजनाले जुवा खेलाउँछन्, लाइभमा आउने अरु खेलाडीहरु खेलमा सहभागी हुन्छन् । त्यस्तोमा हारजितको पैसा मोवाइल बैंकिङ वा कार्डमार्फत लेनदेन हुने गरेको जानकारहरु बताउँछन् ।
टिकटकमा जुवा खेलाउने मध्येका एकजना हुन्, श्याम खतिवडा । लाइभमा जुवा खेलाउँदै उनी भन्छन् -‘बाजेले जित्नुभो पैसा हाल्दिनुहोला ।’ अर्का टिकटक युजर रमेश बुढाथोकीले टिकटकमा तास खेल्न आग्रह गर्दै भनेका छन्, ‘तपाईहरु लाइभमा तास खेल्न चाहनुहुन्छ, क्वाइन लोड गरेर आइहाल्नुस्, म लाइभमा छु ।’टिकटबाट भइरहेको जुवाबारे जानकारी नभएको साइबर ब्यूरोका प्रवक्ता (एसपी) पशुपति रायले बताए । उनले भने, ‘मलाई जानकारी भएन, युजर लिंक पठाइदिनुस् कसरी जुवा हुँदोरहेछ हेरौंला ।’
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प