२०८३ जेष्ठ २३ गते , शनिबार
वैदेशिक रोजगार विभागका नायव सुब्बा पक्राउ
वैदेशिक रोजगार विभागमा कार्यरत नायव सुब्बा प्रमोद पाण्डे पक्राउ परेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई ३० हजार घूससहित पक्राउ गरेको हो ।
यस्तै खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ रुपैयाँ पनि फेला परेको अख्तियारले जनाएको छ । कार्यकक्षबाट मंगलबार पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प