२०८३ जेष्ठ १३ गते , बुधबार

अभिनेत्री करिश्माले रेखाका लागि मागिन् भोट

sajilo news
मोरङ
२०७९ कार्तिक २९ गते , मंगलबार
अभिनेत्री करिश्माले रेखाका लागि मागिन् भोट

कलाकारहरु कलाकारितालाई विश्राम दिँदै यतिबेला चुनावी मैदानमा उत्रिएका छन्। नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेत्री करिश्मा मानन्धरले अभिनेत्री रेखा थापाका लागि खुलेरै भोट मागेकी छन् ।

कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै करिश्माले सामाजिक सञ्जालमार्फत रेखालाई भोट मागेकी हुन् । मोरङ–क्षेत्र नं –३ मा राप्रपाबाट उम्मेदवार बनेकी अभिनेत्री थापाका लागि चलचित्र क्षेत्रका अन्य कलाकारहरुले पनि भोट मागिरहेका छन् ।
करिश्माले आफ्नो सामाजिक सञ्जालमार्फत अगाडि लेखेकी छन्– ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पु¥याउने हो । यो संघर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लाबासीलाई आग्रह गर्दछु ।’

रेखासहित अन्य कलाकार पनि यतिबेला चुनावी मैदानमा उत्रिएका छन् । केही कलाकार प्रत्यक्ष उम्मेदवार छन् भने केही समानुपातिक सूचीमा परेका छन्। करिश्मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल, नवराज सिलवालसहितको घरदैलो कार्यक्रममा खुलेरै हिंडिरहेकी छन् भने समानुपातिक सूचीमा भएका कलाकार उम्मेदवार पनि भोट माग्दै हिंडिरहेका छन् ।
 

सम्बन्धित समाचार