२०८३ जेष्ठ १३ गते , बुधबार

देवराज घिमिरेः जो आफूले गरेको कामको जस पार्टीलाई दिन्छन्

sajilo news
झापा
२०७९ कार्तिक २९ गते , मंगलबार
देवराज घिमिरेः जो आफूले गरेको कामको जस पार्टीलाई दिन्छन्

बिर्तामोड । जब झापाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेभित्र संभावित उम्मेदवारहरूका बारेमा चर्चा चल्दैथ्यो, त्यो बेला एमालेकै कार्यकर्तामाझ एउटा चर्चा चल्यो, ‘देवराज कमरेडले झापा २ का लागि अहिलेसम्म के योगदान गर्नुभयो ?’

धेरैले त्यो बेला अग्नि खरेल झापा २ का लागि उपयुक्त उम्मेदवार ठाने । खरेललाई उपयुक्त उम्मेदवार ठान्नु ठिकै पनि थियो । उनले झापा २ मै केन्द्रित रहेर पार्टी तथा जनताका काम गर्दै आएका थिए । पार्टीले खरेललाई झापा १ मा पठायो र देवराज घिमिरेलाई झापा २ मा । नेताहरूमा आ–आफ्ना गुण हुन्छन् । कोहीले गरेका कामको जस लिँदैनन्, कोहीले ‘मैले गरेको हुँ’ भन्छन् । घिमिरेले त्यस्ता कैयौं काम गरेका छन् तर जस पार्टीलाई दिए । एक समय पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘जस्ले काम गरे पनि त्यसको श्रेय पार्टीलाई जान्छ ।’

घिमिरे त्यस्ता नेता हुन्, उनले गरेको कामको जस कहिले लिएनन् । यो रिपोर्ट तयार पार्नका लागि धेरै अनुरोध गरेर सोध्दा मात्र उनले आफूले गरेका कामका बारेमा बताए । त्यसैले, भन्न सकिन्छ ‘देवराज घिमिरे एक अटल र दृढ संकल्प लिएर दिएको जिम्मेवारी पूरा गर्ने एक नेता हुन् ।’

एउटा यस्तो ठाउँ, जहाँ पहिला कोही मान्छे पनि जाँदैनथे । दिउँसो अँध्यारो हुने त्यो स्थान अहिले मानिसहरूको आकर्षणको केन्द्र बनेको छ । त्यो स्थान हो, झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेको सालबारी झिल ।

सुखानी सहिद स्मृति उद्यान ९सालबारी झिल०मा साँझ पख पुग्दा अति मनमोहक दृश्य देख्न पाइन्छ । म्युजिकल कलर फाउन्टेन जडान गरिएपछि यसको सुन्दरता अझ मनमोहक बनेको छ । त्यहाँको दृश्यले जोकोहीलाई आकर्षित गर्छ ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा संघीय सरकार अन्र्तगतको पर्यटन मन्त्रालयबाट विनियोजन भएको ५० लाखसहित जम्मा ५५ लाख ९७ हजार एक सय १६ रुपैयाँको लागतमा जडान गरिएको उक्त फाउन्टेनको केही महिना अघि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

संगीतको धुनमा पानीको रंगिन फोहरा अवलोकन गर्न पोखरी नजिक पाँच हजार ५५७ वर्ग फिट प्यारापिट पनि निर्माण गरिएको छ । उक्त प्यारापिट प्रदेश सरकार पर्यटन मन्त्रालयको २० लाखसहित जम्मा २२ लाख ९० हजार एक सय ३३ रुपैयाँको लागतमा निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष नेकपा एमालेका नेता तथा झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले जानकारी दिए ।

उनले भने, ’त्यस स्थानमा मान्छे दिसा–पिसाब गर्थे । भैंसी आहाल खेल्थ्यो । अहिले पर्यटकको रोजाइको स्थानमा परिणत भएको छ। जति काम भए, म अध्यक्ष भएपछि भए ।’

उक्त स्थानमा कछुवा संरक्षण क्षेत्र, नौका बिहार, आकर्षक झोलुंगे पुल आदि संरचनासमेत निर्माण भएका छन् ।
उनकै नेतृत्वमा सालबारी झिलले अहिले यो स्वरुप पाएको हो । आफूले उम्मेदवारी दिएको क्षेत्रमा देवराजले के गरे भनेर प्रश्न गर्नेहरूका लागि उहाँको यो काम दरिलो उदाहरण बन्न पुगेको छ । निरन्तर काममा लाग्ने घिमिरेको नेतृत्वमा भएको यो कामले उहाँको कामको लगनशीलता स्पष्ट पारेको छ ।

न्याय, समानता र प्रजातन्त्रको बहाली गर्ने आन्दोलनको सिलसिलामा झापा र इलामको सीमानामा रहेको सुखानी जंगलमा २०२९ साल फागुन २१ गते शहादत प्राप्त गरेका पाँच जना शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठको स्मृतिमा प्रतिष्ठानले उक्त उद्यानको निर्माण गरेको हो ।

२२ दशमलव ४ हेक्टर क्षेत्रफलमा रहेको उक्त उद्यानमा यसअघि पाँच सहिदको पूणर् कदको शालिकसहितको उद्यान, डुंगा शयर, कछुवा उद्धार तथा संरक्षण केन्द्र, बाल उद्यानआदि रहेको छ । उद्यानमा म्यूजिकल कलर फाउन्टेन जडान भएपछि उद्यानले थप आकर्षण पाएको छ ।

सम्बन्धित समाचार