२०८३ जेष्ठ २३ गते , शनिबार

मतदान अधिकृत प्रहरी नियन्त्रणमा

sajilo news
झापा
२०७९ मंसीर १ गते , विहीबार
मतदान अधिकृत प्रहरी नियन्त्रणमा

परासी । निर्वाचन सामाग्री बुझ्ने क्रममा मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार गरेको भन्दै नवलपरासीमा एक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासी निर्वाचन क्षेत्र नंं २ को वाक्वाणी मतदान स्थलमा खटाइएका मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मतदान अधिकृतमा पृथ्वीराज चौधरीले निर्वाचन सामाग्री बुझ्ने क्रममा मादक पदार्थ सेवन गरी मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार गरेको प्रहरीले जनाएको छ । चौधरीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतबाट बर्खास्त समेत गरेको छ ।

सम्बन्धित समाचार