२०८३ जेष्ठ १३ गते , बुधबार

झापामा चुनाव विरोधी गतिविधि गर्दै विप्लव नेतृत्वको नेकपा र नेकपा बहुमत

sajilo news
झापा
२०७९ मंसीर २ गते , शुक्रबार
झापामा चुनाव विरोधी गतिविधि गर्दै विप्लव नेतृत्वको नेकपा र नेकपा बहुमत

झापा । चुनाव बहिष्कारमा उत्रिएका राजनीतिक दलहरूले झापा जिल्लामा आफ्नो गतिविधिलाई तीव्रता दिएको छ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुन दुई दिन बाँकी रहँदा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जिल्लाका विभिन्न स्थानहरूमा कालो ब्यानर, भित्ते लेखन, पर्चा राखेर विरोध जनाउन थालेका हुन् ।

यसैक्रममा नेकपा बहुमतले भद्रपुरको अञ्जनीमोड र बाह्रदशीको राजगढ बजारमा कालो ब्यानर लगाएका थिए। नेकपा बहुमतले जनताको नैसर्गिकता जमिन, शिक्षा, स्वास्थ्य र आवासको सुनिश्चितता मंसिर ४ को कथित प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अवज्ञा गरौँ भनी कालो ब्यानरमा लेखिएको थियो। अञ्जली मोडमा बिहीबार बेलुका र राजगढ बजारमा शुक्रबार बिहान ब्यानर लगाएको बताइएको छ। चुनाव विरोधी दुवै ब्यानर प्रहरीले निकालिसकेको छ। 

त्यस्तै विप्लव नेतृत्वको नेकपाले पनि जनयुद्ध झल्किने खालको चुनाव विरोधी भित्ते लेखन थालेको पाइएको छ।  कथित मंसिर ४ गते हुने चुनाव खारेज गरौँ भन्दै भित्ते लेखन गरिरहेका केही तस्बिरहरू नेकपा झापाले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेको फेला परेको छ। यता प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकका अनुसार चुनाव बहिष्कार उत्रिएका दलहरूले जिल्ला केही ठाउँमा ब्यानर, भित्ते लेखन, पर्चा वितरण गरेको पाइएको छ। त्यो बाहेक चुनाव भाँड्ने खालको अन्य कुनै गतिविधि जिल्लामा नभएको उनले बताए।    

सम्बन्धित समाचार