२०८३ जेष्ठ २३ गते , शनिबार
भद्रपुरमा बम जस्तो देखिने शङ्कास्पद बस्तु फेला
भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा बम जस्तो देखिने शङ्कास्पद बस्तु फेला परेको छ । भद्रपुर- ७ चन्द्रगढीस्थित वीरेन्द्र माविको पश्चिम पट्टीको गेटमा शङ्कास्पद बस्तु फेला परेको हो । कार्टुनले प्याक गरिएको वस्तुमा तार निस्किएको छ । त्यसमाथि खतरा भनेर समेत लेखिएको छ ।
बम जस्तो देखिने शङ्कास्पद बस्तु फेला परेपछि सशस्त्र प्रहरीले सो क्षेत्रमा घेरा हालेर राखेको छ । त्यस क्षेत्रमा सर्वसाधारणलाई प्रवेश गर्न दिएको छैन । शङ्कास्पद वस्तु फेला परेसँगै सशस्त्रले नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको छ । सेनाको टोली आउने क्रममा रहेको जनाइएको छ । शङ्कास्पद वस्तु फेला परेको वीरेन्द्र मावि मतदान स्थल हो ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प