२०८३ जेष्ठ १३ गते , बुधबार

राजेन्द्र लिङदेनले मतदान गर्दै भने : यो मतदान आम मतदाता र देशको भविष्य जोडिएको छ 

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ४ गते , आईतबार
राजेन्द्र लिङदेनले मतदान गर्दै भने : यो मतदान आम मतदाता र देशको भविष्य जोडिएको छ 

झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मतदान गरेका छन्। नेकपा एमालेसँग चुनावी तालमेल गरेर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका लिङदेनले हल्दिबारी गाउँपालिका-१ नम्बर वडा कार्यालय  गोलधाप मतदान केन्द्र (ख) बाट मतदान गरेका हुन ।

उनले आज बिहान ११:३५ मिनेटमा मतदान गरे। मतदान पश्चात् पत्रकारहरूसँग संक्षिप्त कुराकानीमा उनले भने, 'मतदाता उत्साहित छन्।' 'यो निर्वाचन एउटा व्यक्ति चुन्ने र पार्टी चुन्ने मतदान होइन,' उनले, 'यो मतदान आम मतदाता र देशको भविष्य जोडिएको छ।'  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उनका प्रतिस्पर्धी हुन्। दुवै  उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

सम्बन्धित समाचार