२०८३ जेष्ठ १३ गते , बुधबार

झापा- २ को मतगणना सुरु, क्षेत्र नम्बर ३ र ५ को ८ बजेदेखि

sajilo news
झापा
२०७९ मंसीर ५ गते , सोमबार
झापा- २ को मतगणना सुरु, क्षेत्र नम्बर ३ र ५ को ८ बजेदेखि

झापा । झापामा मतगणना सुरु भएको छ । झापा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको हो । सर्वदलीय बैठक सकेर बिहान ४ बजेदेखि अर्जुनधारा नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।  त्यस्तै झापा- ३ र ५ मा बिहान ८ बजेदेखि मतगणना सुरु हुँदैछ ।
सर्वदलीय बैठक सम्पन्न गरी बिहान ८ बजेबाट मतगणना गर्ने निर्णय भइसकेको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । त्यसैगरी झापा- १ र ४ मा सर्वदलीय बैठक बसेको छैन । अहिले ७ बजे सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए । 
 

सम्बन्धित समाचार