२०८३ जेष्ठ १३ गते , बुधबार

झापा- २ मा एमालेका घिमिरेको अग्रता, अन्य क्षेत्रमा सुरु हुन बाँकी 

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ५ गते , सोमबार
झापा- २ मा एमालेका घिमिरेको अग्रता, अन्य क्षेत्रमा सुरु हुन बाँकी 

झापा । झापाको पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर– २ मा मतगणना सुरु भएको छ । झापा- २ मा नेकपा (एमाले)का देवराज घिमिरेले सुरुवाती अग्रता लिएका छन् ।
१६ सय ३४ मत गणना हुँदासम्म एमालेका घिमिरेले ६२० मत ल्याएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हरि रानाले ३९७ र स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ३०१ मत ल्याएका छन् ।

अरू निर्वाचन क्षेत्रमा मतगणना सुरु नभएको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । झापा- ३ र ५ मा बिहान ८ बजेदेखि मतगणना सुरु गर्न सर्वदलीय बैठकले निर्णय गरे पनि अहिलेसम्म गणना सुरु भएको छैन । झापा- ४ मा बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । झापा- १ मा सर्वदलीय बैठक बसिरहेको छ । 

सम्बन्धित समाचार