२०८३ जेष्ठ १३ गते , बुधबार

झापा- १ विश्वप्रकाश शर्मासहित गठबन्धनतर्फ उम्मेदवारको अग्रता कायमै

sajilo news
झापा
२०७९ मंसीर ६ गते , मंगलबार
झापा- १ विश्वप्रकाश शर्मासहित गठबन्धनतर्फ उम्मेदवारको अग्रता कायमै

झापा । झापा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा तथा प्रदेशसभामा गठबन्धन दलका उम्मेदवारको अग्रता कायमै रहेको छ । गठबन्धन दलका प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले १२ हजार ७०० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नी खरेल ७ हजार ७८८ मतसहित शर्मालाई पछ्याइरहेका छन् । हालसम्म २४ हजार ८१५ मत गणना भइसकेको छ ।

त्यस्तै प्रदेशसभातर्फ निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका गोपाल तामाङ ४ हजार ८१० मतसहित पहिलो स्थानमा छन् भने नेकपा एमालेका रविन कोइराला ४ हजार ६० मतसहित तामाङलाई पछ्याइरहेका छन् । सो क्षेत्रको १० हजार ३२५ मत गणना भइसकेको छ ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र २ मा नेकपा माओवादी केन्द्रका श्यामविर लिम्बू २ हजार ९६८ मतसहित अग्रस्थानमा छन् । लिम्बूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीकी सविना बजगाईले २ हजार ६९७ सहित दोस्रो स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ७ हजार ३०८ मत गणना भइसकेको छ ।
 

सम्बन्धित समाचार