२०८३ जेष्ठ १३ गते , बुधबार

राजन भट्टराईलाई पराजित गर्दै गगन थापाको ह्याट्रिक

sajilo news
झापा
२०७९ मंसीर ६ गते , मंगलबार
राजन भट्टराईलाई पराजित गर्दै गगन थापाको ह्याट्रिक

काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी भएका छन्। सुरुवातबाट अग्रता कायम राखेका थापाले एमालेका उम्मेदवार डा. राजन भट्टराईलाई पराजित गरेका हुन्। २०७४ मा पनि थापाले भट्टराईलाई नै पराजित गरेका थिए । 

थापाले २१३०२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी भट्टराईले १३८५५ मत प्राप्त गरेका छन्।थापा ७४४७ मतान्तरले विजयी भएका हुन् । राप्रपाका डा. शंकरमोहन श्रेष्ठले ४०५० मत ल्याएर तृतीय भएका हुन्। 

सम्बन्धित समाचार