२०८३ जेष्ठ १३ गते , बुधबार
झापा–४ घण्टीका ढकालले लिए फेरि अग्रता
झापा । झापा–४ राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले फेरि अग्रता लिएका छन् । घण्टी चुनाव चिन्हका ढकाललाई नेकपा एमालेका लालप्रसाद सावा (एलपी)ले पछयाइरहेका छन् । पछिल्लो मतगणना परिणामअनुसार ढकालले ५ हजार ९६८ मत ल्याउँदा साँवाले ५ हजार ७३३ मत ल्याएका छन् । उनीहरुबीच २३५ मतान्तर रहेको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेले ३ हजार ९२३ मत ल्याई तेस्रो स्थानमा छन् । आज विहान ढकाललाई उछिनिदै साँवाले अग्रता लिएका थिए ।