२०८३ जेष्ठ १३ गते , बुधबार
इलाम-२ मा सुवास नेम्वाङको अग्रता
प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तरत इलामको क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता सुवास नेम्वाङले अग्रता बनाउन सफल भएका छन् । नेम्वाङले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । नेम्वाङले ७ हजार ५७९ मत ल्याउँदा खड्काले ७ हजार १२१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।