२०८३ जेष्ठ १३ गते , बुधबार

झापामा काँग्रेसले खाता खोल्यो, झापा ३ (१) राजवंशी प्रदेशसभा सदस्यमा निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ७ गते , बुधबार
झापामा काँग्रेसले खाता खोल्यो, झापा ३ (१) राजवंशी प्रदेशसभा सदस्यमा निर्वाचित

झापा । झापा क्षेत्र नम्बर ३ (१) नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक घोषण गर्न चाँही बाँकी छ । राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का वसन्त बानियालाई एक हजार ६९ मतान्तरले पराजित गरेका हुन् ।

गठबन्धनका साझा उम्मेदवार बनेका राजवंशीले २० हजार ७७० मत ल्याएका छन्, भने राप्रपासँग चुनावी तालमेलबाट उम्मेदवार बनेका १९ हजार ७०१ बानियाँले मत प्राप्त गरेका छन् । राजवंशीले बानियाँसँग २०७४ सालको आम निर्वाचनमा हारको बदला लिएका छन् । शिक्षक पेशासँगै राजनीतिमा आएका राजवंशीको स्थायी घर कचनकवल गाउँपालिका वडा नम्बर ३ हो ।    

सम्बन्धित समाचार