२०८३ जेष्ठ १३ गते , बुधबार

एमालेले झापामा खाता खोल्यो, झापा २ (१) मा कार्की निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ७ गते , बुधबार
एमालेले झापामा खाता खोल्यो, झापा २ (१) मा कार्की निर्वाचित

झापा । नेकपा एमालेका एकराज कार्की प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक घोषणा गर्न चाँही बाँकी छ । कार्कीले दोस्रो पटक प्रदेशसभा सदस्य दोहोराएका हुन् । 
राप्रपासँग चुनावी तालमेल गरेका कार्कीले गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६३० मतान्तरले पराजित गरेका हुन् । 
कार्कीले १८ हजार ७३१ मत ल्याएका छन्, भने पोखरेलले ६ हजार १०१ मत ल्याएका हुन् । भद्रपुर ७ निवासी पोखरेल झापा क्षेत्र ३ छाडेर गठबन्धनबाट क्षेत्र २ मा उठेका थिए । कार्कीको स्थायी बिर्तामोड ८ हो ।    
 

सम्बन्धित समाचार