२०८३ जेष्ठ १३ गते , बुधबार

ताप्लेजुङमा एमालेका योगेश भट्टराई निर्वाचित

sajilo news
झापा
२०७९ मंसीर ७ गते , बुधबार
ताप्लेजुङमा एमालेका योगेश भट्टराई निर्वाचित

ताप्लेजुङ । ताप्लेजुङमा नेकपा एमालेका योगेश भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री (पराग)लाई २०८ मतले पछि पार्दै भट्टराई निर्वाचित भएका हुन् ।  भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरे भने बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरे ।

बिहानसम्म १ हजार बढिले अग्रता लिएका बुडाक्षेत्री फुङलिङ नगरपालिकाको मतगणनाबाट पछि परेका थिए ।  भट्टराई अघिल्लो निर्वाचनमा समेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ताप्लेजुङमा यस पटक कुल ८८ हजार २८५ मतदाता रहेकोमा आईतबार सम्पन्न निर्वाचनमा ४८ हजार ३५५ मत खसेको थियो ।

सम्बन्धित समाचार