२०८३ जेष्ठ १३ गते , बुधबार
झापा २ (२) बाट एमालेका पाठक प्रदेशसभा सदस्यमा निर्वाचित
झापा । नेकपा (एमाले) प्रदेश कमिटी सचिव तिलचन पाठक (चिन्तन) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । झापा क्षेत्र नम्बर २ (२) मा राप्रपासँग चुनावी तालमेल गरी उम्मेदवार बनेका पाठकले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खगेन्द्र मैनालीलाई ३ हजार ८४० मतान्तर पराजित गरेका हुन् । मैनाली सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए ।
पाठकले २० हजार १ सय ८४ मत प्राप्त गरेका छन्, भने मैनाली १६ हजार ३ सय ४४ मत ल्याएका छन् । पाठक २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा उठेका थिए । त्यसबेला उनलाई काँग्रेसका रमेश भुजेलले पराजित गरेका थिए । यसअघि झापा २ (१) बाट एमालेका एकराज कार्की निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ एमालेका देवराज घिमिरेको अग्रता कायम छ ।