२०८३ जेष्ठ १३ गते , बुधबार

झापा १ (१) मा काँग्रेसका तामाङ प्रदेशसभा सदस्यमा निर्वाचित

sajilo news
झापा
२०७९ मंसीर ७ गते , बुधबार
झापा १ (१) मा काँग्रेसका तामाङ प्रदेशसभा सदस्यमा निर्वाचित

झापा १ (१) मा काँग्रेसका तामाङ प्रदेशसभा सदस्यमा निर्वाचित

झापा । नेपाली काँग्रेसका गोपाल तामाङ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । झापा क्षेत्र नम्बर १ (१) मा प्रदेशसभा सदस्य उठेका तामाङले नेकपा एमालेका रविन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गरेका हुन् ।

तामाङले २३ हजार ४५ मत ल्याएकोमा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरेका छन् । कुल ४८ हजार ७९९ मत मध्ये तामाङले करिब ५० प्रतिशत मत प्राप्त गरे । एमाले नेता कोइराला २०७० सालको आम निर्वाचनमा काँग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।  

सम्बन्धित समाचार