२०८३ जेष्ठ १३ गते , बुधबार
सिटौलाभन्दा लिङदेन ३ हजार १६८ मतले अगाडि
झापा । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको अग्रता कायम छ । पछिल्लो मत परिणाम अनुसार लिङदेनले नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार १६८ मतले पछि पारेका छन् ।
५२ हजार ८३ मत गन्दा लिङदेनले २४ हजार ४९४ मत ल्याउँदा २१ हजार ३२६ मत प्राप्त गरेका छन् । अन्य निर्वाचनबाट छिटो मतगणना सुरु भएको यस क्षेत्रमा बिहीबार मात्र अन्तिम नतिजा आउने देखिन्छ । यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मत रहेकोमा ८९ हजार ३३७ मत खसेको छ ।