२०८३ जेष्ठ १३ गते , बुधबार

ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी 

sajilo news
झापा
२०७९ मंसीर ८ गते , विहीबार
ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी 

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन्।

उनले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गौतमले ११ हजार नौ सय ५९ मत प्राप्त गरिन। त्यसैगरी नेकपा एमालेका रतननाथ योगीले छ हजार पाँच सय २८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

सम्बन्धित समाचार