२०८३ जेष्ठ १३ गते , बुधबार
झापा- ४ मा एमालेका साँवा दोस्रो पटक संसद्मा निर्वाचित
झापा । झापा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका लालबहादुर सावा (एलपि) निर्वाचित भएका छन् । उनी दोस्रो पटक सङ्घीय सांसदमा निर्वाचित भएका हुन् । राप्रपासँग चुनावी तालमेल गरी झापा ४ बाट उम्मेदवार बनेका सावाले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका देउमान थेबेलाई ६ हजार ८६७ फराकिलो मतान्तर पराजित गरेका हुन् ।
सावाले २९ हजार ३१५ मत प्राप्त गर्दा २२ हजार ४४८ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ०६९ मत ल्याई तेस्रो भएका छन् । झापा ४ मा १ लाख २३ हजार १२४ कुल मतदाता रहेको ७९ हजार ४८३ मत गणना भएको थियो । त्यसमा ४ हजार ६४७ मत बदर भएको छ । यद्यपि निर्वाचन अधिकृतको कार्यालय आधिकारिक रुपमा घोषणा गर्न बाँकी छ ।