२०८३ जेष्ठ १३ गते , बुधबार
अब हरेक सांसदको भाउ बढ्ने भयो : ओली
झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको सरकार बनाउन गाह्रो हुने बताएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 'देशभरको परिणाम हेर्दा संसद्मा सरकार बनाउन गाह्रो हुन्छ,' उनले भने, 'सरकार बनाए पनि त्यसलाई टिकाउन झन् गाह्रो हुने भयो ।'
अबको सरकार मिजिलुजी सरकार बनाउनेतिर देश गएको बताउँदै उनले भने, 'अब हरेक सांसदको भाउ बढ्ने भयो, देशको राजनीति एक दुई महिना सरकार गठनको खेलमा निरन्तर दोहोरिने भयो ।' निर्वाचित भएको प्रमाणपत्र ग्रहण पश्चात् ओली आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई धन्यवादसँगै विजयी उत्सव मनाउने तयारी छ ।