२०८३ जेष्ठ १३ गते , बुधबार

जनता यथास्थितिको नभई परिवर्तनको पक्षमा देखियो : राप्रपा अध्यक्ष लिङदेन

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ८ गते , विहीबार
जनता यथास्थितिको नभई परिवर्तनको पक्षमा देखियो : राप्रपा अध्यक्ष लिङदेन

झापा । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जनता परिवर्तन चाहेको आम निर्वाचनको परिणामले देखाएको बताएका छन्।  झापा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएको प्रमाणपत्र ग्रहण गर्दै सञ्चारकर्मीहरूसँग गरेको संक्षिप्त कुराकानीमा राप्रपा अध्यक्ष लिङदेनले जनता यथास्थितिको पक्षमा नभई परिवर्तनको पक्षमा रहेको बताएका हुन्। 

निर्वाचन परिणामले वर्तमान जन चाहना फरक देखिएको छ। अब परिवर्तित सन्दर्भमा परिवर्तित ढङ्गले नै नयाँ समीकरणहरू बनेर जान्छन्। 

‘सोचे अनुसारको अपेक्षित परिणाम आएन, तद्यापि म जनताको अभिमतलाई स्वीकार गर्छु,’ उने भने। अघिल्लो पटक म एक्लै संसद् थिए। ‘अब हामी साथीहरू लिएर जाँदैछौं,’ उनले भने, ‘जनताको अभिमतलाई कदर गर्दै हामी सधैँ जनताको पक्षमा वकालत गर्ने छौँ।’ ‘म फेरि पनि भन्छु भ्रष्टाचार गर्नु आमाको रगत खानु हो, त्यसैले म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न्,’ उनले थपे।

सम्बन्धित समाचार