२०८३ जेष्ठ १३ गते , बुधबार

झापा- १ का विजेता र उपविजेताबीच मित्रवत संस्कार

sajilo news
झापा
२०७९ मंसीर ८ गते , विहीबार
झापा- १ का विजेता र उपविजेताबीच मित्रवत संस्कार

बिहीबार बिहान मेचीनगर नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं १ पुगेर प्रतिनिधि सभामा निर्वाचित बनेका विश्वप्रकाश शर्मा तथा प्रदेश सभामा निर्वाचित गोपाल तामाङलाई प्रतिस्पर्धी क्रमशः अग्नि खरेल तथा रविन कोइरालाले बधाई दिएका छन् । 

यसअघि २०७० र २०७४ सालमा पराजित बन्दा काँग्रेसका विश्वप्रकाश शर्माले झापाको सदरमुकाम चन्द्रगढी पुगेर विजेता रविन कोइराला र राम काकीलाई माला अर्पिदा शर्माले देखाएको उच्च राजनैतिक संस्कारको देशैभर चर्चा गरिएको थियो । यो पटक सोही संस्कारलाई निरन्तरता  दिँदै खरेल र कोइरालाले माला, खादा र अबिर लगाई दिएका थिए ।  कार्यकाल सफलताको शुभकामना दिँदै जनताले दिएको अभिमतको पक्षमा सधैँ काम गर्न विजेतालाई सुझाव प्रकट गरेका थिए ।

 

सम्बन्धित समाचार