२०८३ जेष्ठ २३ गते , शनिबार
महेशपुरमा सशस्त्रका जवान घुस रकमसहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार देवानलाई ७ हजार घुस रकमसहित पक्राउ गरेको हो।
प्रहरी जवान देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गर्न सहजीकरण गरी र सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।
नवलपरासी प्रतापुर गाउँपालिका वडा नम्बर १ सिसहनियाबाट घुस रकमसहित देवानलाई शुक्रबार नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार बताएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प