२०८३ जेष्ठ २३ गते , शनिबार
झापामा ब्राउन सुगरसहित चार युवक पक्राउ
झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-७ निवासी २४ वर्षीय मीनबहादुर उप्रेती, सोही ठाउँका २४ वर्षीय अमृत सुन्दास, मेचीनगर-८ निवासी २० वर्षीय सुसन राजवंशी र बुद्धशान्ती गाउँपालिका-१ निवासी ३२ वर्षीय अर्जुन तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँचको क्रममा उनीहरूलाई मेचीनगर ९७ बाट ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका चारैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प