२०८३ जेष्ठ ३० गते , शनिबार

इलाम- १ मा झलनाथ खनाल पराजित, महेश बस्नेत विजयी

sajilo news
इलाम
२०७९ मंसीर ११ गते , आईतबार
इलाम- १ मा झलनाथ खनाल पराजित, महेश बस्नेत विजयी

पूर्वप्रधामनमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल पराजित भएका छन्। उनी नेकपा एमालेका महेश बस्नेतसँग २ हजार ६५६ मतान्तरले पराजित भएका हुन्।

इलाम क्षेत्र १ मा बस्नेतले २५ हजार ६९९ मत ल्याएर विजयी हुँदा खनालले २३ हजार ४३ मत पाएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए। प्रतिनिधिसभातर्फको गणना सकिए पनि बस्नेत विजयी भएको घोषणा गर्न भने बाँकी छ।

यसअघि इलाम क्षेत्र २ मा पनि नेकपा एमालेकै सुवास नेम्वाङ नेपाली काँग्रेसका डम्बर खड्कालाई ११४ मतान्तरले हराउँदै विजयी भइसकेका छन्।

सम्बन्धित समाचार