२०८३ जेष्ठ २३ गते , शनिबार
झापामा डाका र जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ
झापा । झापामा डाका र जबरजस्ती करणी मुद्दाका एक फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक सुरुङ्गा गाविस- ४ हाल कनकाई नगरपालिका- ४ निवासी ७७ वृद्ध वर्षीय धनपति ढुंगाना रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार झापा जिल्ला अदालत भद्रपुरको २०६७ पुस १३ गतेको फैसला अनुसार डाका र जबरजस्ती करणी मुद्दाका फरार ढुंगानालाई ६ बर्ष कैद र ७५ हजार जरिवानासहितको सजाय तोकेको थियो ।
फैसला सुनवाइ हुनु अघिदेखि नै फरार रहेका उनलाई प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइसकेको डीएसपी पाठकले बताए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प